काठमाडौँको सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ३ लाखको क्षति
काठमाडौं - काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार ग्याँस लिक भएर आगो लागेको र क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौँका प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडका सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा खटिएको सुरक्षा फौज र स्थानीय बासिन्दाको सहयोगमा करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।









