image
image
संघीय संसदको राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रमुख विधेयकमाथि छलफल हुने

संघीय संसदको राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रमुख विधेयकमाथि छलफल हुने

काठमाडौं   -   संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुने भएको छ। बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल र निर्णय प्रक्रिया अघि बढ्ने  छ।

बैठकको प्रमुख कार्यसूचीमा निम्नानुसारका विषयहरू रहेका छन्:

  • मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको जानकारी: राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।

  • पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१: विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

  • शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०: राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।

  • पर्यटन विधेयक, २०८१: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।