image
image
नेप्से परिसूचक ४९.०९ अङ्कले वृद्धि

नेप्से परिसूचक ४९.०९ अङ्कले वृद्धि

काठमाडौं  -   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक मङ्गलबार ४९.०९ अङ्कले वृद्धि भएर २,६७७.४५ विन्दुमा पुगेको छ। यो १.८६ प्रतिशतको वृद्धि हो।

आज ३१० कम्पनीका १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १ सय ९६ पुगेको नेप्सेले जनाएको छ।

सभी १३ वटा समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा बढी वृद्धि होटल तथा पर्यटन समूहमा ३.४२ प्रतिशत, त्यसपछि विकास बैंकिङमा २.९५ प्रतिशत, वित्तीय समूहमा २.४४ प्रतिशत, जलविद्युत् समूहमा २.४५ प्रतिशत र लगानी समूहमा २.३३ प्रतिशत भएको छ।

जीवन बीमा समूहमा १.३२ प्रतिशत, उत्पादन तथा प्रशोधनमा १.८९ प्रतिशत, लघुवित्तमा १.१३ प्रतिशत, म्युचुअल फन्डमा ०.३३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७४ प्रतिशत, व्यापार समूहमा १.४९ प्रतिशत र अन्य समूहमा ०.८४ प्रतिशतको वृद्धि देखिएको छ।

सिन्धु विकास बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ३.०९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ४१ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार तीन सय कित्ता खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।