कास्कीमा ४.७ रेक्टर स्केलको भूकम्प धक्का
काठमाडौं - आज अपराह्न १ बजेर ५९ मिनेटमा कास्की जिल्लाको सिनुवा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु सिनुवा क्षेत्र रहेको छ। यस भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ।
यद्यपि, यसबारे थप विवरण आइसकेको छैन ।









