image
image
सांसद सुमना श्रेष्ठको आरोप : “मिटरव्याजपीडितलाई राज्यले गिजोलिरहेको छ”

सांसद सुमना श्रेष्ठको आरोप : “मिटरव्याजपीडितलाई राज्यले गिजोलिरहेको छ”

काठमाडौं  -   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्याप्रति राज्य बेवास्ता गर्दै गिजोलिरहेको आरोप लगाएकी छन्। उनले सिंहदरबारमा पीडितले न्याय माग्न गएका बेला “नो इन्ट्री” भन्ने व्यवहार देखिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन्।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले सरकार र सम्बन्धित निकायहरूले पीडितको समस्या समाधान गर्नुको सट्टा उल्टै आयोगमाथि आयोग थपेर पीडितलाई झनै अन्योलमा पारेको बताइन्।

“आफ्नो पार्टीको साहु तथा महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ,” भन्दै श्रेष्ठले गृहमन्त्रीदेखि सांसदसम्म मिटरव्याजको संरचनामा संलग्न हुनसक्ने आशंका हुने गरी काम नहोस् भनेर चेतावनी दिइन्।

उनले स्पष्ट शब्दमा भनिन्, “मिटरव्याज पीडितलाई न्याय चाहिएको हो, राजनीति होइन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।