image
image
शिक्षक महासंघको चेतावनी: शिक्षा विधेयकमा माग सम्बोधन नगरे कडा आन्दोलन

शिक्षक महासंघको चेतावनी: शिक्षा विधेयकमा माग सम्बोधन नगरे कडा आन्दोलन

काठमाडौं   -    नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा शिक्षक र कर्मचारीका माग सम्बोधन नगरे विगतको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “राज्य पक्षमा आफूबाट हुनुपर्ने काममा आवश्यक इमानदारी र जिम्मेवारी बोध भएको देखिएको छैन। आन्दोलनको मर्म र विगतका सहमति विर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा पनि पश्चगमनतर्फ उन्मुख छ।”

महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न बनेको संसदीय उपसमितिले पेस गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। यसअघि २०७५, २०७८, २०८० र २०८१/८२ सालमा भएका विभिन्न सहमति र सम्झौताहरूलाई विधेयकमा समेट्नुपर्ने माग गर्दै आएको महासंघले भनेको छ, “यदि राज्यले विगतका सहमतिहरूलाई बेवास्ता गर्दै विधेयक अघि बढायो भने शिक्षक–कर्मचारी २०८१/८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन्।”

महासंघका अनुसार अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा लगायत) का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमतिबमोजिम नराखिएको छ। त्यस्तै, स्थायी शिक्षकको आवधिक बढुवाका निम्ति प्रस्तावित अवधि सहमतिअनुसार नभएको र शर्तहरू राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको महासंघको ठहर छ।

यसअघि चैत २० गतेदेखि झण्डै एक महिना काठमाडौं केन्द्रित आन्दोलन गरेको महासंघले २९ दिन लामो आन्दोलनपछि सरकारसँग नौ बुँदे सहमति गरेको थियो। तर, महासंघका अनुसार सो सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको र विधेयकमा माग सम्बोधन नगरे कडा आन्दोलनको तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।