image
image
नारायणगढ–बुटवल सडक विस्तारमा ६६.५% प्रगति, दाउन्ने खण्डमा अझै समस्या

नारायणगढ–बुटवल सडक विस्तारमा ६६.५% प्रगति, दाउन्ने खण्डमा अझै समस्या

काठमाडौं   -    नारायणगढ–बुटवल सडक विस्तार योजनामा हालसम्म ६६.५% भौतिक प्रगति भएको छ। सूचना अधिकारी शिव खनालका अनुसार, कुल ११३.५३ किलोमिटर सडकमध्ये ९०.८७ किलोमिटर कालोपत्र गरिएको छ। यसका साथै, पुलले ओगटेको ३.०७ किलोमिटर क्षेत्रबाहेक ११०.४६ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने छ।

हालको प्रगति अनुसार, यात्रुहरूले ९३.९४ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सक्छन्, जुन कुल लम्बाइको ८३% हो। दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ।

यो सडक विस्तार योजना २०७५ माघ २४ गते सम्झौतासँगै चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो। यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ। एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।