बेसीशहरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
काठमाडौं - बेसीशहर नगरपालिका–१, उदिपुर ढाडगाउँका ३१ वर्षीय ट्याक्टर चालक अहिर परियारको दुर्घटनामा परी मृत्यु भएको छ। सोमबार बिहान रिठेबगरस्थित सडकमा उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश ०२.०३-००१ त ५४३० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनामा परियारको घटनास्थलमै मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।









