image
image
जलस्रोत विधेयक, २०८१ पारित: जलस्रोतको दिगो विकास र व्यवस्थापनतर्फ नयाँ युगको सुरुवात

जलस्रोत विधेयक, २०८१ पारित: जलस्रोतको दिगो विकास र व्यवस्थापनतर्फ नयाँ युगको सुरुवात

काठमाडौं   -    नेपालको प्रतिनिधि सभामा सोमबार, जलस्रोत विधेयक, २०८१ पारित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरिएको हो ।

यस विधेयकमा जलस्रोतको एकीकृत र दिगो विकास, उपयोग, संरक्षण र व्यवस्थापनका लागि 'जल तथा ऊर्जा आयोग' को स्थापना गर्ने व्यवस्था गरिएको छ। यसका अतिरिक्त, बाँध वा जलाशयको निर्माण गर्दा माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी लाभको गणना र बाँडफाँड गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यदि बाँध वा जलाशयको विकासबाट तल्लो तटीय लाभ नेपालको सीमापारको भूभागमा उपलब्ध हुने अवस्था भएमा, त्यस्तो लाभको न्यायोचित हिस्सा नेपालले समेत प्राप्त गर्ने व्यवस्था मिलाउन आवश्यक कूटनीतिक पहल गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।