image
image
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो गाँजा बरामद, २ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो गाँजा बरामद, २ भारतीय पक्राउ

काठमाडौं    -    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको छ। यस घटनामा भारतीय नागरिक दुई जनालाई पक्राउ गरिएको छ।

पहिलो घटनामा, २७ वर्षीय अरुण पलाथिङ्गल सोमनलाई नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका बेला आगमन भन्सार क्षेत्रबाट १ किलो ५ सय ग्राम गाँजासहित पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ।

अर्को घटनामा, ३५ वर्षीया सुमैया मेहबुब शिखलाई थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएका बेला पार्किङ क्षेत्रबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित पक्राउ गरिएको छ। उनलाई पनि थप अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।