माओवादी केन्द्रको प्रतिवद्धता: मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने स्पष्ट पारीका साथ प्रतिवद्धता व्यक्त गरेकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयास गरिरहेको आरोप लगाइन्। उनले भनिन्, “नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयास गर्दैछन्। त्यो सफल हुन नेकपा माओवादी केन्द्रले दिँदैन।”
सांसद राईले सत्ताधारी दलका नेताहरूले आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कायम राख्ने भनाइलाई पनि चुनौती दिँदै भनिन्, “उहाँहरू सत्ता गठबन्धन २०८४ सम्म जान्छ भनेर सार्वजनिक कार्यक्रममा भनिरहनु भएको छ। जाओस्, हामी पार्टी नेकपा माओवादी केन्द्र उहाँहरूलाई शुभकामना दिन्छ।”









