सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो, चाँदीको भाउ स्थिर
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुनको मूल्य १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।









