image
image
भारतीय नाका हुँदै भन्सार छलेर ल्याइएका ३.६१ करोडको कृषि औजार बरामद

भारतीय नाका हुँदै भन्सार छलेर ल्याइएका ३.६१ करोडको कृषि औजार बरामद

काठमाडौं   -    झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार राति जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर नेपाल भित्र्याइएका कृषि औजार बरामद गरेको छ।

प्रहरीका अनुसार, काँकडभिट्टा नाका हुँदै नेपालतर्फ भित्रिएका भारतीय कन्टेनर नम्बर एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ का कन्टेनरहरूमा बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजारहरू लुकेर ल्याइएका थिए।

बरामद गरिएको सामानको मूल्य रु. ३ करोड ६१ लाख रहेको अनुमान गरिएको छ। सामान र कन्टेनरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।