image
image
सिरहामा ठूलो परिमाणको लागुऔषध र नगदसहित दाजु–बहिनी पक्राउ

सिरहामा ठूलो परिमाणको लागुऔषध र नगदसहित दाजु–बहिनी पक्राउ

काठमाडौं  -   सिरहाको लहान नगरपालिका–२२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी २६ वर्षीया बहिनी किरणकुमारी यादवलाई सिरहा प्रहरीले ठूलो परिमाणको लागुऔषध खैरो हिरोइन र ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा वैशाख २ गते लहान नगरपालिका–१२, भोटिया टोलबाट पक्राउ परेका यी दाजु–बहिनीलाई आज सार्वजनिक गरिएको हो। प्रहरीले उनीहरूबाट प्लास्टिकसहित २०८.९० ग्राम र प्लास्टिकबाहेक २०१ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

प्रहरी प्रवक्ता र डीएसपी वीरेन्द्र पासवानका अनुसार, दिनेशकुमार यादव यसअघि पनि लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी छुटेका थिए। उनलाई २०८० सालको साउन १२ गते ८ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको थियो।

सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार, पक्राउ परेका दाजु–बहिनीले खैरो हिरोइनको बिक्रीबाट जम्मा गरेको रकमसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको आपराधिक नेटवर्कको अनुसन्धान अघि बढाएको जनाएको छ।

यसैबीच, सिरहाको बरियारपट्टी गाउँपालिका–३ बाट खैरो हिरोइनसहित दुई युवकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई रहेका छन्। उनीहरूबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सिरहा नगरपालिका–२ का सञ्जय कारकलाई १६ लाख ३८ हजार ३७० रुपैयाँसहित हुण्डी कारोबारको आरोपमा पक्राउ गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।