image
image
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ   -   प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखेका थिए।

बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ। राष्ट्रियसभामा उत्पत्ति भएको यस विधेयकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो।

त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव गरेका थिए। अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन्। सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।