जबरजस्ती करणीका दुई घटनामा २ जना पक्राउ ,अछाम र दाङ
काठमाडौँ - अछाम र दाङ जिल्लामा दुई छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका छन्।
अछामको चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापाले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार बेलुकी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाका ७५ वर्षीय गिरीराज बुढाथोकीलाई ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









