image
image
राज्यमन्त्री विकको भनाइ: 'वायु प्रदूषण नियन्त्रणका लागि तत्काल कदम आवश्यक'

राज्यमन्त्री विकको भनाइ: 'वायु प्रदूषण नियन्त्रणका लागि तत्काल कदम आवश्यक'

काठमाडौँ   -   वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र जनसंख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याएकी छन्। उनले वायु प्रदूषणलाई हाम्रो समयको सबैभन्दा जटिल विकास चुनौती मान्दै यसले स्वास्थ्य, वातावरण र अर्थतन्त्रमा गहिरो असर पुर्‍याइरहेको बताइन्।

आज आयोजित 'जलवायु न्याय कार्य र दिगो विकासमा वित्तीय चुनौतीको समाधान' विषयक उच्चस्तरीय सत्रमा बोल्दै उनले भनिन्, ‘वन डढेलोले पनि वायु प्रदूषणमा योगदान पुर्‍याइरहेको छ, मानिसहरू गाउँ छोड्दै गएका छन् र वनको उचित व्यवस्थापन हुन नसकेका कारण बाँकी रहेको जैविक पदार्थले वन डढेलोलाई बढावा दिइरहेको छ’।  उनले थपिन्, “दक्षिण एसिया विश्वव्यापी वायु प्रदूषणको केन्द्रबिन्दु बनेको छ र यसका धेरै सहरहरू विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा गनिन्छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।