image
image
उदयपुरको गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत नयाँ भवनको उद्घाटन

उदयपुरको गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत नयाँ भवनको उद्घाटन

काठमाडौँ  -   भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत उदयपुरको गाईघाटमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरेका छन्। १ करोड रुपैयाँको लागतमा निर्मित उक्त भवनको उद्घाटन आइतबार सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा मन्त्री दाहालले पूर्वाधार निर्माणलाई नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारले यसलाई प्राथमिकतामा राखेको बताए। उनले सो सडक योजनाको काम निर्धारित समयमा पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सडक विभागका महानिर्देशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात् कार्य सम्पादनमा सहजता आउने बताएका छन्।

गाईघाट–दिक्तेल सडक योजनाको निर्माण कार्य २०५१ सालमा सुरु भएको थियो। १०३ किलोमिटर लामो यो सडकको निर्माण कार्यमा विभिन्न समयमा ढिलाइ र ठेक्का तोडका कारण चुनौतीपूर्ण अवस्था आएको छ। हाल, नयाँ ठेक्का लागेर निर्माण कार्यमा गति आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।