परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणाली सुधारका लागि नाला र ढलान निर्माण
काठमाडौँ - खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नं. १८ सुप्चैना र वडा नं. २१ परवानीपुर क्षेत्रमा जल निकासी प्रणाली सुधारका लागि नाला र ढलान निर्माणको शिलान्यास गरेका छन्। आइतबार परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा भएको शिलान्यास कार्यक्रममा मन्त्री यादवले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षायाममा हुने पानी जम्ने समस्या समाधान हुने र आवागमनमा सहजता आउने बताए।
मन्त्री यादवले भने, “नाला र ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुनेछ र सडक व्यवस्थित हुनेछ। विकास निर्माणमा सबै पक्षको सहकार्य आवश्यक छ।” निर्माण कार्यको लागत एक करोड ७२ लाख रुपैयाँ रहेको र १,२५६ मिटर लम्बाइमा नाला र ढलान निर्माण गरिने जानकारी वीरगञ्ज महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले दिए।









