image
image
कोशी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु, पहिचानवादीको विरोध जारी

काठमाडौँ  -    कोशी प्रदेशको बजेट अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने कार्यक्रम तय भएको छ।बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र वाचन गर्ने, केही प्रदेश ऐनमा संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबल गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट धारणा राख्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यसैबीच, बजेट अधिवेशनको विरोधमा पहिचानवादी समूहले आन्दोलन जारी राखेका छन्। गत फागुन १७ गते प्रदेशको नाम 'कोशी' राखेपछि असन्तुष्ट पहिचान पक्षधरहरूले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन्। आन्दोलनकारीका अनुसार, प्रदेशको नाम संशोधन गर्ने थलो प्रदेश सभा नै रहेकोले आजदेखि प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरिएको छ।

प्रदेश सभा सचिवालयले बैठकका लागि आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ। बैठकमा प्रदेश प्रमुखको पत्र वाचनपछि प्रदेश ऐन संशोधन विधेयक र प्रदेश सरकारले जारी गरेका दुईवटा अध्यादेश टेबल गरिने कार्यसूची तय भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने कार्यक्रम तय भएको छ।बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र वाचन गर्ने, केही प्रदेश ऐनमा संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबल गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट धारणा राख्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यसैबीच, बजेट अधिवेशनको विरोधमा पहिचानवादी समूहले आन्दोलन जारी राखेका छन्। गत फागुन १७ गते प्रदेशको नाम 'कोशी' राखेपछि असन्तुष्ट पहिचान पक्षधरहरूले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन्। आन्दोलनकारीका अनुसार, प्रदेशको नाम संशोधन गर्ने थलो प्रदेश सभा नै रहेकोले आजदेखि प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरिएको छ।

प्रदेश सभा सचिवालयले बैठकका लागि आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ। बैठकमा प्रदेश प्रमुखको पत्र वाचनपछि प्रदेश ऐन संशोधन विधेयक र प्रदेश सरकारले जारी गरेका दुईवटा अध्यादेश टेबल गरिने कार्यसूची तय भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।