image
image

१२.३६ अंकले घट्यो नेप्से ,६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं ।साताको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  दोहोरो अंकको गिरावट भएको छ । हिजो आइतबार नेप्से ५४ अंकले बढेर दुई हजार छ सय ६५ दशमलब ११ विन्दुमा पुगेको थियो । 

आज नेप्से १२.३६ अंकले घटेर दुई हजार छ सय ५२ दशमलब ७५ विन्दुमा थामिएकोे छ भने ७ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै आज २१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४ सय ९९ सेयर ८८ हजार ४ सय ८३ पटक कारोबार भएको छ ।    



आज कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आज ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, ङादी ग्रप पावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, रु रु जलविद्युत परियोजना रहेका छन् ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।