अमेरिकी जेलमा क्यानेडियन र्यापर टोरी लेनेजमाथि चक्कु प्रहार, अवस्था गम्भीर
काठमाडौँ - क्यालिफोर्नियाको टेहाचापी जेलमा १२ मे २०२५ मा क्यानेडियन र्यापर टोरी लेनेजमाथि अन्य एक कैदीले १४ पटक चक्कु प्रहार गरेको छ। रिपोर्ट अनुसार, टोरी लेनेजमाथि सोमबार बिहान ७ बजेतिर क्यालिफोर्निया करेक्सनल इन्स्टिच्युटमा थुनामा रहेका एक व्यक्तिले आक्रमण गरेका थिए। हालै, उनको टोलीले एक विज्ञप्ति जारी गर्दै घातक आक्रमणका कारण उनको दुवै फोक्सोमा क्षति पुगेको जानकारी दिएको छ। विज्ञप्तिमा टोरीलाई ढाड, टाउकोको पछाडि र अनुहारमा छुरा प्रहार गरिएको उल्लेख छ। यस आक्रमणका कारण उनका दुवै फोक्सोमा क्षति पुगेको र उनलाई भेन्टिलेटरमा राखिएको जानकारी प्राप्त भएको छ। हाल उनी आफैँ सास फेर्न सक्षम छन् र सामान्य रूपमा बोलिरहेका छन्।
टोरी लेनेज, जसको वास्तविक नाम डेस्तार पिटरसन हो, २०२० मा अमेरिकी गायिका मेगन थी स्टालियनलाई गोली हानेको आरोपमा २०२२ मा दोषी ठहरिएका थिए। उनीलाई २०२३ मा १० वर्षको जेल सजाय सुनाइएको थियो।









