image
image
ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवमाथि एक अर्ब २१ करोडको कर छली मुद्दा दायर

ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवमाथि एक अर्ब २१ करोडको कर छली मुद्दा दायर

काठमाडौँ -  काठमाडौंको नयाँ बानेश्वरस्थित ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक अर्ब २१ करोड रुपैयाँको कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले सार्वजनिक सडक ऐन, २०३१ र आयकर ऐन, २०५८ अनुसार उनलाई कर छली गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।

विभागका अनुसार, देवले वस्तु तथा सेवाको वास्तविक हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेका थिए। उनले खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, झुटा मूल्य अभिवृद्धि कर विवरण र आय विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टी नगरेको र नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेको आरोप छ।

राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २ (छ १) बमोजिम उनलाई मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु १४ करोड ६५ लाख ३१ हजार ८२४ गरी कुल रु ६० करोड ४६ लाख १५ हजार २५८ बिगो असुल गर्नुपर्ने माग गरिएको छ। साथै, ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना र दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।