image
image
जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका अनधिकृत संरचना हटाउन ३५ दिने म्याद

जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका अनधिकृत संरचना हटाउन ३५ दिने म्याद

काठमाडौँ -   काठमाडौं महानगरपालिका र सडक विभागले जडीबुटी चोक (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्मको सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन दिएका छन्। सोमबार जारी संयुक्त सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ अनुसार नक्सा पास विपरीत निर्माण गरिएका संरचनाहरूलाई ३५ दिनभित्र हटाउन भनिएको छ।

सूचनामा भनिएको छ कि उक्त क्षेत्रको सडकको केन्द्र रेखाबाट दायाँ र बायाँ १५-१५ मिटरको क्षेत्रफल कायम गरिएको छ। यस क्षेत्रमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूलाई ३५ दिनभित्र ती संरचनाहरू हटाउन वा भत्काउन भनिएको छ। यदि तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू हटाइएन भने सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारबाही गरिने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।