image
image
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस

काठमाडौँ -   सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रतिनिधि सभामा पेस गरेको छ। आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्दै संसदको छलफलका लागि प्रस्ताव गरेका हुन्।

अर्थमन्त्री पौडेलले आगामी बजेटलाई राष्ट्रपतिको नीति तथा कार्यक्रम र प्रतिनिधि सभाबाट पारित नीति तथा कार्यक्रमसँग मेल खाने गरी तयार पारिने बताए। उनले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरूको कार्यान्वयनमा जोड दिने, सवल अर्थतन्त्र निर्माण गर्ने, उत्पादनमुखी विकासको ढाँचा अवलम्बन गर्ने, उद्यमशीलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम प्रवृत्तिको प्रयोगलाई प्रवद्र्धन गर्ने लगायतका प्राथमिकताहरू प्रस्तुत गरे।

त्यसैगरी, उनले अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रमैत्री, प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने र समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री पौडेलले सन्तुलित र समावेश विकासका लागि संघ, प्रदेश र स्थानीय तह तथा साझेदारी, निजी, सहकारी र समुदाय बीचको सहकार्यलाई समन्वय र सुदृढ बनाइने बताए। उनले संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीलाई बजेट कार्यान्वयनको मुख्य आधार बनाइने पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।