image
image
संविधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यको पक्षमा संयुक्त जनआन्दोलन समिति गठन

संविधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यको पक्षमा संयुक्त जनआन्दोलन समिति गठन

काठमाडौँ -  संविधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यको पक्षमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’ले आगामी जेठ १५ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको आन्दोलनमा उपत्यकाबाहिरका जनतालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

संविधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित समितिको संयोजक नवराज सुवेदीको अध्यक्षतामा आइतबार बसेको बैठकमा आन्दोलनमा सहभागी हुन काठमाडौँ बाहिरका जनतालाई काठमाडौँ आउन आह्वान गर्ने निर्णय गरिएको हो। बैठकले काठमाडौँका जनता र सबै वर्ग, पेसा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने समेत निर्णय गरेको छ। साथै, आन्दोलनलाई आर्थिक (चन्दा) सहयोग गर्न आम नेपालीलाई आह्वान गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा बोल्दै संयोजक सुवेदीले आन्दोलन घोषणा सभा पछि पहिलो पटक सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा उभिएको सन्देश गएको बताए। उनले भने, “वातावरण अत्यन्त अनुकूल भएको छ। अब सबै मिलेर आन्दोलन सफल बनाउनु पर्दछ। संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनर्स्थापना हुने सम्भावना बलियो भएको छ।”

बैठकले मोर्चामा रहेका दल, संघसंस्था र अभियानहरूको काठमाडौँ उपत्यकाव्यापी प्रदेश, जिल्ला, क्षेत्रीय अध्यक्ष र पालिका अध्यक्षहरू तथा वर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक वैशाख २८ गते राप्रपा केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको छ।

यस्तै, संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला जेठ ६ गते गर्ने तथा काठमाडौँ उपत्यकाका तिनै जिल्लाका आम जनतालाई आन्दोलनमा सहभागी हुन आह्वान र जागृत गर्ने उद्देश्यका साथ जेठ ८, ९, १० र ११ गते काठमाडौँ उपत्यका जनजागरण यात्रा गर्ने निर्णय भएको छ। यो यात्रा अन्तर्गत काठमाडौँ उपत्यकाका सबै १५ पालिका भित्रमा महत्त्वपूर्ण स्थानहरूमा कोण सभाहरू गर्ने तय गरिएको छ।

यस्तै, जेठ १३ गते वृहत् युवा स्वयंसेवक भेला गर्ने तथा आन्दोलनमा काठमाडौँ बाहिरका जनताको व्यापक सहभागिता जुटाउने गरी आवश्यक तयारी गर्ने निर्णय समेत भएको छ।

संयोजक सुवेदीले जेठ १५ गतेदेखि हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यसको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय पनि भएको जानकारी दिए।

बैठकले तीनकुने घटनामा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न समेत माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।