image
image
प्रधानमन्त्री ओलीको दाबी: अघिल्लो सरकारका कारण मुलुक ग्रे लिस्टमा परेको हो

प्रधानमन्त्री ओलीको दाबी: अघिल्लो सरकारका कारण मुलुक ग्रे लिस्टमा परेको हो

काठमाडौँ -   प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका कारण मुलुक ग्रे लिस्टमा नपरेको दाबी गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अघिल्लो सरकारको कमजोरी र लापरवाहीका कारण मुलुक ग्रे लिस्टमा पर्ने खतरा रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले भने, "हामी त मुलुकलाई ग्रे लिस्टमा नपारौँ भन्नेमा थियौँ। तर अघिल्लो सरकारहरूले के–के गर्‍यो? के–के गर्‍यो?" उनले थपे, "हामीले त नपारौँ भनेका थियौँ। तर, समय पुगेन।"

उनले अघिल्लो सरकारको आलोचना गर्दै भने, "कपि काट्नेका कारण मुलुक ग्रे लिस्टमा परेको होइन, जाँच दिनेका कारण फेल भएर परेको हो। अहिलेको सरकार कपि काट्ने बेलामा मात्रै आएको हो। परीक्षा दिने बेलामा आएको थिएन।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।