प्रिन्टिङ प्रणालीमा समस्या: अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई बन्द
काठमाडौँ - अध्ययन र रोजगारीका लागि विदेश जाने नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाई कार्य प्रिन्टिङ प्रणालीमा समस्या देखिएपछि बन्द गरिएको छ। यातायात व्यवस्था विभागका अनुसार, मेशिन बिग्रिएपछि बिहीबारदेखि यो सेवा बन्द गरिएको हो।
विभागले जारी गरेको सूचनामा भनिएको छ, "अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको जानकारी गराइन्छ।" सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदा सम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको जानकारी गराइन्छ ।’










