image
image
शाहीले श्रम मन्त्रालय वैदेशिक श्रमिकका हकहितमा काम नगरेको आरोप लगाए

शाहीले श्रम मन्त्रालय वैदेशिक श्रमिकका हकहितमा काम नगरेको आरोप लगाए

काठमाडौँ -   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि प्रभावकारी काम नगरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन्।

शाहीले भने, “आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाइएको रेमिटले चलिरहेको भएपनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको छ।” उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको भन्दै प्रश्न गरे, “हामीले नुनको सोझो पर्दैन?”

उनले वैदेशिक रोजगारीको नाममा लाखौं मानिसहरू दलालबाट ठगिएको र परराष्ट्र मन्त्रालयले अलपत्र परेका नागरिकहरूको उद्धारका लागि आवश्यक कुटनीतिक पहल नगरेको आरोप लगाए। उनले थपे, “आज हामी सांसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरूको तलव र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ। हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन?”

शाहीले श्रम र परराष्ट्र मन्त्रालयलाई जनताको लागि काम नगरेको आरोप लगाउँदै भने, “यदि त्यो मन्त्रालयले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनैपनि काम छैन।” उनले परराष्ट्र मन्त्रालयलाई पनि कुटनीतिक पहल गर्न आग्रह गरे र भने, “अहिले पनि नेपाली अलपत्र परेका छन्। परराष्ट्र मन्त्रालयले कुनैपनि कुटनीति गाँसेको छैन। जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।