image
image
नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी

नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी

काठमाडौँ -    नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको छ। आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने भएकाले प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन्।

घिमिरेले सांसदहरूलाई पठाएको म्यासेजमा भनिएको छ, “वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिन्छ।”

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने र त्यसपछि आजकै बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालय सूचनामार्फत सार्वजनिक गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।