image
image
मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक दुर्घटनापछि एकतर्फी यातायात सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक दुर्घटनापछि एकतर्फी यातायात सञ्चालनमा

काठमाडौँ -   चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने तुईनखोला क्षेत्रमा आइतबार बिहान ७ बजे एक कोइला लोड ट्रक दुर्घटनाग्रस्त भएको छ। मधेस प्रदेश ०३–००१ख ९८१७ नम्बरको उक्त ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुवैतर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा खटिएको टोलीले क्रेनको प्रयोग गरेर ट्रकलाई सडकबाट उठाएको हो।

दुर्घटनापछि करिब ४ घण्टापछि उक्त सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। लामो समय सडक अवरुद्ध हुँदा उक्त खण्डमा सवारीको चाप रहेको प्रहरीले थप जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।