नबिन परियारको संगीतमा पछिल्लो समय अत्यधिक भाइरल गायक बिनोद महतराको नयाँ गीत 'पैसा जोगाउन' सार्वजनिक, (भिडियोसहित)
काठमाडौँ - लोक संगीतका चर्चित संगीतकार नबिन परियारको संगीतमा, पछिल्लो समय अत्यधिक भाइरल गायक बिनोद महतरा र गायिका रितु बोहोराको स्वरमा नयाँ गीत 'पैसा जोगाउन' बजारमा आएको छ। गायक महतरा र गायिका बोहोराको सुमधुर आवाजमा सजिएको यस गीतका शब्द रितु बोहोराकै रहेको छ।
गीतको कथा निर्देशन कमल भक्तले गरेका छन्, जसमा गायिका रितु बोहोरासँगै अभिनेता बादल घिमिरेको अभिनय देख्न सकिन्छ। गीतमा हाम्रा प्रदेशका दाजुभाइ र नेपालमा रहेका श्रीमती, आमा लगायतका यथार्थपरक दृश्यहरू समेटिएका छन्, जसले दर्शकलाई भावुक बनाउँछ।
यस गीतको म्युजिक भिडियोमा नेपाली समाजका यथार्थपरक पक्षलाई उजागर गरिएको छ, जसले दर्शकलाई आफ्नो परिवेशसँग जोड्न मद्दत पुर्याउँछ। गीतको भिडियो र संगीतले नेपाली लोक संगीतको मौलिकता र सांस्कृतिक धरोहरलाई जोगाउन योगदान पुर्याएको छ।
'पैसा जोगाउन' गीतलाई युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध गराइएको छ, जसले दर्शक र श्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त गरेको छ।









