image
image
रुसी राष्ट्रपति पुटिनको युक्रेनसँग सिधा वार्ताको प्रस्ताव: १५ मे अघि वार्ता सुरु गर्नुपर्ने

रुसी राष्ट्रपति पुटिनको युक्रेनसँग सिधा वार्ताको प्रस्ताव: १५ मे अघि वार्ता सुरु गर्नुपर्ने

काठमाडौँ -  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा वार्ता सुरु गर्नका लागि १५ मे भन्दा अघि कुनै ढिलाइ नगर्नुपर्ने बताएका छन्। शनिबार राति क्रेम्लिनबाट टेलिभिजन सम्बोधन गर्दै उनले भने, “हामी गम्भीर वार्ता चाहन्छौँ... यो द्वन्द्वको जरो कारण हटाउन र दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न।”

यसअघि, बेलायती प्रधानमन्त्री केइर स्टार्मर, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन लगायत युरोपेली नेताहरू युक्रेन पुगेर रुसलाई ३० दिने सर्तरहित युद्धविरामका लागि आह्वान गरेका थिए। यसको प्रतिक्रियामा क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे “सोच्नुपर्ने” बताउँदै “दबाब सिर्जना गर्नु भने बेकार” भएको चेतावनी दिएका थिए।

पुटिनले युक्रेनसँगको वार्ता टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा गर्न प्रस्ताव गरेका छन्। उनले यो वार्ताले रुस र युक्रेनले “नयाँ युद्धविराम” मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे। यसबारे टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिए।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले पुटिनसँग सिधा वार्तामा बस्न तयार रहेको बताएका छन्। उनले भने, “यदि त्यो एकमात्र तरिका हो जसले युक्रेनका नागरिकलाई शान्ति ल्याउन सक्छ भने, हामी त्यसमा जान तयार छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।