image
image
वैदेशिक रोजगार व्यवसायी मञ्चले विभागीय महानिर्देशकसँग समस्याका समाधानका लागि ध्यानाकर्षण

वैदेशिक रोजगार व्यवसायी मञ्चले विभागीय महानिर्देशकसँग समस्याका समाधानका लागि ध्यानाकर्षण

काठमाडौँ -   पालका वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम तथा रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई भेटेर विभिन्न समस्याका समाधानका लागि ध्यानाकर्षण गराएको छ।

मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङका अनुसार, श्रम स्वीकृतिको अनलाइन प्रणाली 'FEIMS' विगत केही समयदेखि नियमित रूपमा सञ्चालनमा आउन नसकेको र पूर्ण रूपमा नचलिरहेको कारणले गर्दा वैदेशिक रोजगारमा जाने कामदार र म्यानपावर व्यवसायीहरू समस्यामा रहेका छन्। यो प्रणालीमा फाइल लोड नहुने र नचल्ने जस्ता समस्याहरू देखिएका छन्।

त्यसैगरी, व्यवसायीहरूले विभागबाट हुने अनुगमन र पक्राउ पुर्जी सम्बन्धी समस्याबारे पनि ध्यानाकर्षण गराएका छन्। कसैलाई भिसा प्रक्रियाका लागि कार्यालयमा राखिएका राहदानी लैजाने, उजुरीको प्रकृति नबुझी संस्थाको कारोबार बन्द गर्ने, र समस्याको छलफलका माध्यमबाट समाधान हुने अवस्थामा पनि सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य भइरहेको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन्।

मञ्चले मेलमिलाप प्रक्रियाबाट विवादको समाधान गर्न समेत माग गरेको छ। विभागले धेरै अगाडिदेखि नै मेलमिलापको नीति अवलम्बन गर्दै आएको भए पनि व्यवसायीहरूले यसलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन्।

जापानमा नेपाली कामदारको माग उच्च रहेको र जापानी रोजगारदाताले भाषा सम्बन्धी दक्ष कामदारको कारणले आवश्यक सङ्ख्यामा नेपाली कामदार पठाउन नसकेको विषयमा पनि मञ्चले ध्यानाकर्षण गराएको छ। श्रम स्वीकृतिपछि वैदेशिक रोजगार ऐनले नचिनेको एक जापानी संस्थाले दिने भाषा सम्बन्धी प्रमाणपत्रको अनिवार्यता हटाउन माग गरिएको छ।

महानिर्देशक भट्टराईले यी समस्याहरूको समाधानका लागि विभागीय पहल जारी राख्ने र व्यवसायीहरूको सुझावलाई ध्यानमा राख्ने प्रतिबद्धता जनाएका छन्।

यसै क्रममा, श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरूलाई इमानदारीपूर्वक सेवा प्रदान गर्न सुझाव दिएका छन्। उनले व्यवसायीहरूले श्रमिकहरूको सुरक्षा र भलाइका लागि जिम्मेवारीपूर्ण कार्य गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।