बेलायतमा देखिएको कोरोना विश्वका ७० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनको दाबी
एजेन्सी। बेलायतमा देखिएको कोरोनाको नयाँ प्रजातिको भाइरस विश्वका ७० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नयाँ भाइरस पुरानो भाइरसभन्दा बढी खतरनाक रहेको भन्दै विश्व स्वास्थ्य संगठनले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुरुमा तीब्र गतिमा नयाँ प्रजातिको भाइरस फैलिएको युरोपका बेलायत, डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका मुलुकमा संक्रमण दर घट्न थालेको छ । पहिलेको तुलनामा संक्रमणको दर गतसाता १५ प्रतिशतले घटेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार गतसाता विश्वभर करिब ४१ लाख संक्रमित थपिएका छन् । गतसाता अमेरिकामा कोरोनाले सबैभन्दा धेरै मृत्यु भएको छ ।