भारतका राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता
काठमाडौँ - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका लागि नयाँ नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन्। यस अवसरमा, श्रीवास्तवले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्।
श्रीवास्तवले उक्त आक्रमणको जवाफी कारवाहीको रूपमा भारतले कुनै जेट हमला नगरेको र यस सम्बन्धमा फैलाइएका प्रचारलाई असत्य भएको दाबी गरे। साथै, उनले नेपाल सरकारको बिहीबारको वक्तव्यप्रति धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरे।