image
image
सांसदलाई अधिकार सम्पन्न बनाउनु पर्छ: सांसद विनोद कुमार चौधरी

सांसदलाई अधिकार सम्पन्न बनाउनु पर्छ: सांसद विनोद कुमार चौधरी

काठमाडौँ -   नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले प्रतिनिधि सभामा शुक्रबारको बैठकमा सांसदहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्। उनले सांसदलाई कोषको सट्टा वास्तविक अधिकार प्रदान गर्नु आवश्यक रहेकोमा जोड दिए।

चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा अधुरो विकास परियोजनाहरूको उदाहरण प्रस्तुत गर्दै भने, “ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावले जनताले पानी खान नपाएको छ। यस्तो अवस्थामा सांसदलाई अधिकार सम्पन्न बनाउनु अत्यन्त महत्वपूर्ण छ।”

उनले थपे, “निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रका विकास योजनाहरूको मूल्याङ्कन र अनुगमन गर्न सक्नुपर्छ। यदि सम्बद्ध मन्त्रालयहरूले सांसदहरूको हात बलियो नपार्ने हो भने विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन।”

चौधरीले रोजगारीको लागि दैनिक तीन हजार नेपालीहरू विदेश जानु चिन्ताको विषय भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले भने, “युवाहरूको भविष्य यही देशमा सुरक्षित हुनुपर्छ। यसका लागि आर्थिक सुधार र प्रभावकारी नीति आवश्यक छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।