क्यानडा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै २० लाख ठगी गर्ने युवती पक्राउ
काठमाडौँ - क्यानडा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा बस्दै आएकी छन्।
प्रहरीका अनुसार, अधिकारीले आफूले क्यानडामा अध्ययन गर्न भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाएर पीडितसँग २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्। पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो।