नेपाली कांग्रेसको आतङ्कवाद विरोधी र शान्तिपूर्ण सम्वन्धको प्रतिबद्धता
काठमाडौँ - नेपाली कांग्रेसले कुनै पनि प्रकारको आतङ्कवादको विरोध गर्दै शान्तिपूर्ण सम्वन्ध र विधिको शासनको पक्षमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आयोजित पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन्।
डा. महतले भने, "हामीले भारत र पाकिस्तानबीचको द्वन्द्वमा निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेका छौँ र आतङ्कवादको विरुद्धमा उठ्ने कुनै पनि जायज कदमको समर्थन गर्छौँ।" उनले थपे, "कांग्रेस आतङ्कवादको विरोधमा छ र शान्तिपूर्ण सम्वन्धको पक्षमा रहेको छ।"