image
image
राष्ट्रीय जनमोर्चाले काश्मीर जनताको आत्मनिर्णय अधिकारको समर्थन गर्दै विज्ञप्ति जारी गर्‍यो

राष्ट्रीय जनमोर्चाले काश्मीर जनताको आत्मनिर्णय अधिकारको समर्थन गर्दै विज्ञप्ति जारी गर्‍यो

काठमाडौँ -   राष्ट्रिय जनमोर्चाले काश्मीर जनताको आत्मनिर्णय अधिकारको पक्षमा आफ्नो समर्थन जनाएको छ। पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भारत र पाकिस्तान बीचको बढ्दो तनाव र काश्मीर क्षेत्रका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, "कसैको पनि आतङ्कवादी घटनाको नाममा निर्दोष जनता मारिनु न्यायसङ्गत मान्न सकिन्न।" पार्टीले पहलगाममा भएको आतङ्कवादी घटनाप्रति गहिरो दुख व्यक्त गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ। तर, भारतले उक्त घटनालाई आधार बनाएर पाकिस्तानमाथि आक्रमण गर्नु उचित नहुने जनमोर्चाको ठहर छ।

विज्ञप्तिमा थप भनिएको छ, "भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र भएकाले उनीहरूको युद्धले दक्षिण एसिया मात्र नभई सम्पूर्ण मानव सभ्यतालाई जोखिममा पार्न सक्छ।" यसकारण, दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।