विद्युत प्राधिकरणको आर्थिक अवस्थाबारे माओवादी केन्द्रको संसदमा रुलिङको माग
काठमाडौँ - प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाबारे संसदमा जानकारी गराउन रुलिङको माग गरेको छ। शुक्रबारको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखमार्फत उक्त रुलिङको माग गरेका हुन्।
पाण्डेले भने, “नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकहरूले मिडियामार्फत सार्वजनिक गरेका आम्दानी र खर्चका विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेका छन्। त्यसैले यस सदनलाई समग्र आर्थिक अवस्थाबारे जानकारी गराउन रुलिङ गरियोस्।”