image
image
काठमाडौँमा विरोध प्रदर्शन: भारत र पाकिस्तानलाई युद्ध रोक्न आग्रह (तस्बिरहरू)

काठमाडौँमा विरोध प्रदर्शन: भारत र पाकिस्तानलाई युद्ध रोक्न आग्रह (तस्बिरहरू)

काठमाडौँ -    मानवअधिकार तथा शान्ति समाजले शुक्रबार काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै भारत र पाकिस्तानलाई युद्धको प्रवर्द्धन नगर्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गरेको छ। समाजले दुबै देशलाई युद्धको वातावरण सिर्जना नगर्न र द्विपक्षीय वार्ता र सहकार्यको माध्यमबाट समस्याहरूको समाधान खोज्न आह्वान गरेको हो।

समाजका प्रतिनिधिहरूले प्रदर्शनका क्रममा युद्धविराम र शान्ति स्थापनाका लागि संयुक्त पहलको आवश्यकता औँल्याए। उनीहरूले भारत र पाकिस्तानका सरकारलाई युद्धको प्रवर्द्धन नगर्न र क्षेत्रीय शान्तिका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

यसैबीच, समाजले पाकिस्तान दूतावास अगाडि पनि प्रदर्शन गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।