इन्टरपोलबाट रेड नोटिस जारी भएका समसुदिन अन्सारी कतारबाट पक्राउ
काठमाडौँ - पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-३१, बेलवाप्रसौनीका समसुदिन अन्सारीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध वैवाहिक जबरजस्ती करणीको आरोपमा जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो।
नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते अन्सारीविरुद्ध रेड नोटिस जारी गरिएको थियो। यसका आधारमा, कतारको नेशनल सेन्ट्रल ब्युरो (NCB) दोहासँगको समन्वयमा उनलाई पक्राउ गरी बिहीबार नेपाल ल्याइएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार, अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइनेछ, जहाँ उनलाई सम्बन्धित मुद्दामा कानूनी कारबाही गरिनेछ।