image
image
हुन्डाई क्रेटा इभी बिर्तामोडमा सार्वजनिक, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया

हुन्डाई क्रेटा इभी बिर्तामोडमा सार्वजनिक, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया

काठमाडौँ -   नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडस्थित अलायन्स मोटर्समा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

नयाँ क्रेटा इभीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडीको विकल्पमा विश्वास बढाउन मद्दत पुर्याएको छ। हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले सेवा, पार्ट्स र सपोर्टमा समानता रहेको जनाएको छ।

हुन्डाईको उच्च व्यवस्थापन टोलीले देशभरका डिलरहरूमा पुगेर ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आएको छ। यसै अभियान अन्तर्गत बिर्तामोडमा आयोजित कार्यक्रममा उपस्थित व्यक्तिहरुले गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन्।

हुन्डाई क्रेटा इभीको मूल्य, विशेषताहरू र उपलब्धता सम्बन्धी थप जानकारीका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आधिकारिक वेबसाइटमा भ्रमण गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।