image
image
शिक्षक आन्दोलनपछि विद्यार्थी भर्ना र पठनपाठन अभियान सँगसँगै अघि बढ्दै

शिक्षक आन्दोलनपछि विद्यार्थी भर्ना र पठनपाठन अभियान सँगसँगै अघि बढ्दै

काठमाडौँ -  सरकारले वैशाख २ देखि १५ गतेसम्म सञ्चालन गरेको विद्यार्थी भर्ना अभियान शिक्षकहरूको आन्दोलनका कारण प्रभावित भएको थियो। शिक्षकहरूको आन्दोलनपछि सरकारले वैशाख १७ गते ९ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरिएको थियो। यसपछि पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढाइएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक राम प्रसाद शर्माका अनुसार, नयाँ शैक्षिक सत्रमा पठनपाठनको कार्य अघि बढेपछि सरकारले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढाएको बताए। कतिपय पालिका र विद्यालयहरूले शिक्षकहरूको आन्दोलनकै क्रममा समेत भर्ना अभियान सञ्चालन गरेका थिए। स्थानीय जनप्रतिनिधि र अभिभावकहरूको सहयोगमा विद्यार्थी भर्ना अघि बढेको थियो। भर्ना अभियान सुरु हुन नसकेका विद्यालयहरूले अहिले पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाएका छन्।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार, प्रारम्भिक बाल विकास र शिक्षाको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.३ प्रतिशत छ। आधारभूत तहको कुल भर्ना दर १२८ प्रतिशत, खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तहको खुद भर्ना दर ५५.८ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।