राष्ट्रिय आवास कम्पनीका कर्मचारी सुमन खनालविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोकमा करारमा कार्यरत सुमन खनालविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, खनालले आफूलाई योग्य प्रमाणित गर्नका लागि पेश गरेका ब्याचलर अफ सिभिल इन्जिनियरिङ र नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। यसका आधारमा उनले अनधिकृत लाभ र सुविधा प्राप्त गरेको आरोप छ।
अख्तियारले खनालविरुद्ध ६ महिनादेखि एक वर्षसम्मको कैद र २० हजार रुपैयाँसम्मको बिगो मागदाबी गरेको छ।