image
image
पोखरामा वडा अध्यक्ष देवकृष्ण पराजुलीको हातपातको घटनामा तनाव

पोखरामा वडा अध्यक्ष देवकृष्ण पराजुलीको हातपातको घटनामा तनाव

काठमाडौँ -    पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी लेखनाथ सुवेदी र कर्मचारी ईश्वर पोखरेलमाथि हातपात गरेको आरोपमा स्थानीय तहका कर्मचारी सङ्घ सङ्गठनले कडा विरोध जनाएका छन्।

मङ्गलवार, सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई फुटपाथमा सामान राखेको भन्दै पराजुलीले हातपात गरेका थिए। यसपछि सुवेदी सम्पर्कविहीन भएका छन्। व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गर्दै वडा कार्यालयको घेराउ र नाराबाजी गरेका छन्।

त्यसै दिन, पराजुलीले पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वर पोखरेलमाथि पनि हातपात गरेको आरोप छ। कर्मचारी सङ्घ सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। उनीहरूले २४ घण्टाभित्र कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।