निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको घाटाबारे मन्त्री खड्कासँग मागे जवाफ
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको प्राधिकरण एक महिनामा ५ अर्ब २६ करोड घाटामा कसरी पुग्यो भन्ने प्रश्न उठाइन्।
डाँगीले मन्त्री खड्कालाई सदनमा आएर स्पष्टिकरण दिन आग्रह गर्दै भनेकी छन्, “कसरी घाटामा पुग्यो भन्नेबारे मन्त्री खड्काले सदनमा आएर जवाफ दिनुपर्छ।”









