image
image
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताबीचको छलफल स्थगित

प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताबीचको छलफल स्थगित

काठमाडौँ -     नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताबीचको छलफल स्थगित भएको छ। प्रचण्डले बुधबार दिउँसो १ बजे खुमलटारमा दलका नेताहरूसँग बैठक बोलाएका थिए। तर, अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते भएपछि बैठक स्थगित भएको बुझिएको छ। सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओलीका अनुसार अर्को सूचना नआएसम्म छलफल स्थगित गरिएको जानकारी प्राप्त भएको छ।

२०८० फागुनमा संसदीय दलका नेता मानबहादुर भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि विवाद उत्कर्षमा पुगेको थियो। प्रचण्डले पटकपटक सहमतिमै विवाद समाधान गर्न निर्देशन दिएपनि कार्यान्वयन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।