सुनको मूल्य तोलामा १,७०० रुपैयाँले वृद्धि
काठमाडौँ - बुधबार सुनको मूल्य तोलामा १,७०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको हो। यसअघि मंगलबार तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ थियो।
यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो।









